You are here: HomeNewsNews Of Chitwan Pariwarपरिचयपत्र बनाउन एनआरएन युकेको अपील
Error
  • Error loading feed data

परिचयपत्र बनाउन एनआरएन युकेको अपील

गैरआवासीय नेपाली संघ युकेले बेलायतमा बस्ने सबै गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली परिचयपत्र बनाउन अपील गरेको छ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले आउंदो जनवरी ६ तारिखका दिन गैरआवासीय नेपाली संघ युकेले पत्रकार कल्याण कोष खडा गर्नकालागि आयोजना गर्न लागेको 'च्यारिटी डिनर' कार्यक्रमका अवसरका उक्त परिचयपत्र वितरण शुरु गरिने बताउनुभयो।

शुरुमा दश पौण्ड तिरेर बनाउन सकिने उक्त परिचयपत्र आगामी २०१५ अगष्ट महिनासम्मका लागि मान्य हुनेछ। त्यसपछि हरेक दुई दुई वर्षमा परिचयपत्रलाई नवीकरण गर्नुपर्नेछ।

गैरआवासीय नेपाली संघ युके कार्यकारिणी समितिको हालै बसेको बैठकले बेलायतमा बसोबास गर्ने सबै इच्छुक गैरआवासीय नेपालीहरुलाई एनआरएन युकेको सदस्यता लिन आग्रह गर्नुकासाथै परिचयपत्र बनाउन पनि आह्वान गरेको छ। गैरआवासीय नेपाली परिचयपत्र प्राप्त सबैले गैरआवासीय नेपाली संघ युकेको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

फोटो सहितको उक्त परिचयपत्रको आधारमा विभिन्न रेष्टुरेण्ट तथा व्यवसायहरुबाट छुट दिलाउन प्रयास गरिने गैरआवासीय नेपाली संघ युकेले जनाएको छ।

"विभिन्न कम्पनीहरुसंग संपर्क राख्दा उनीहरुले हाम्रो सदस्य संख्याको आधारमा छुट दिने जनाएका छन्," एनआरएन युकेका अध्यक्ष कुल आचार्यले भन्नुभयो। "त्यसैले पहिलो चरणमा व्यापकरुपमा गैरआवासीय नेपाली परिचयपत्र वितरण गर्ने र दोश्रो चरणमा विभिन्न एअरलाईन्स, डिपार्टमेन्ट स्टोर लगायतका व्यवसायहरुसंग संपर्क गरी गैरआवासीय नेपाली परिचयपत्र भएका बेलायतवासी सबै नेपालीहरुलाई आकर्षक छुट दिलाउन हामी प्रयत्नशील रहनेछौं," उहांले भन्नुभयो।

अध्यक्ष आचार्यले गैरआवासीय नेपाली परिचयपत्र वितरण अभियानलाई सफल पार्न आआफ्नो क्षेत्रबाट हरसंभव सहयोग गरीदिनुहुन गैरआवासीय नेपाली संघ युकेका सदस्य, पदाधिकारी तथा बेलायतस्थित सबै नेपाली संघसंस्थाहरुलाई हार्दिक अपील पनि गर्नुभएको छ।

News Source: NRN UK

 

 

 

Free business joomla templates