You are here: HomeNewsNews Of Chitwan Pariwarविद्यार्थी खोज्दै चितवनका निजी उच्च मावि : महँगो शुल्क, कमजोर नतिजा
Error
  • Error loading feed data

भरतपुर । विज्ञान संकायमा भर्ना शुल्क पाँच हजार र मासिक शुल्क एक हजारमात्र रहेको दार्चुलास्थित गोकुलेश्वर उच्च मावि राजधानी बाहिरको कलेजहरुको सूचीमा उत्कृष्ट दशभित्र पर्न सफल भएको छ ।

विज्ञान संकायमै १९ हजार २ सय भर्ना शुल्क र मासिक २५ सय रहेको चितवनको अर्किड कलेज उत्कृष्ट सातमा परेको छ ।                                                     
अर्किड कलेजकै हाराहारीमा भर्ना शुल्क र मासिक शुल्क लिँदै आएका चितवनका २ वटा  प्लस टु कलेजहरु भने क्रम सूचीमा निकै पछाडि रहेका छन् । हिसानअन्तर्गतकै चितवनका अन्य प्लस टु कलेजहरुको नाम राम्रा ७९ उच्च माविभित्र पर्न असफल भएका छन् ।
कम शुल्क लिएर पनि उत्कृष्ट नतिजा निकाल्न सफल दार्चुला, बझाङ, डोल्पा, वैतडीलगायतका जिल्लामा रहेका उच्च माविको तुलनामा चितवनका चर्चित र महँगा भनिएका कलेजहरु कमजोर देखिएका छन् । शैक्षिक गुणस्तरीयताका हिसाबले चितवनलाई बुटवल, विराटनगर, पोखरालगायत जिल्लाका कलेजहरुसँग दाँजेर हेर्ने गरिन्छ । तर, चितवनमा रहेका प्लस टु कलेजहरुको नतिजा भने शैक्षिक गुणस्तरका हिसाबले पछि परेका जिल्लाका कलेजहरुसँग दाँज्न मिल्ने अवस्थामा छन् । यसै वर्ष नेपाल साप्ताहिकले गरेको सर्वेक्षणमा पनि चितवनको कुनै पनि कलेज उत्कृष्ट २५ भित्र पर्न सफल भएका थिएनन् ।

नेपालको मध्ये भागमा रहेको र शैक्षिक हबका रुपमा लिइएको चितवनलाई पछिल्ला सर्वेक्षण र उच्च मावि परिषद्को मूल्याङ्कनले यहाँको शैक्षिक स्थिति र भविष्यबारे सोच्न बाध्य बनाएको छ । महँगो शुल्क लिएर अध्यापन गराउँदै आएका यहाँका निजी उमावि र कम शुल्कमा अध्यापन गराउँदै आएका यहाँका सामुदायिक उच्च माविको नतिजा पनि त्यति धेरै फरक परेको देखिँदैन । विज्ञान विषय पढाइ हुने बालकुमारी उच्च माविको वार्षिक नतिजा निजी उच्च माविभन्दा केही मात्र पछाडि रहेको छ ।               
हिसान चितवनअन्तर्गत रहेर विज्ञान र व्यवस्थापन विषय पढाउने निजी उमाविहरुमा प्रेरणा उमावि, गुरुकुल कलेज, अर्किड कलेज, एपेक्स एकेडेमी, मिलेनियम मोडल कलेज, न्यू क्यापिटल कलेज, अरोमा र इन्टरनेशलन कलेज रहेका छन् । त्यस्तै, व्यवस्थापन विषय पढाइ हुनेहरुमा पे्रसिडेन्सी कलेज, शान्ति एकेडेमी, क्वेष्ट कलेज र नारायणी पब्लिक कलेज रहेका छन् ।                                    
विद्यार्थी सहभागिता र पास प्रतिशतका आधारमा हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणमा चितवनको अर्किड राजधानी बाहिरको उत्कृष्ट सातौंमा पर्नुबाहेक अन्य कलेज उत्कृष्टताको सूचीमा पर्न असफल भएका छन् ।  उच्च मावि शिक्षा परिषद्को कक्षा १२ को परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर लगातार तीन वर्ष ६५ प्रतिशतभन्दा बढी उत्तीर्ण गराएका राम्रा ७९ उमाविको सूचीमा अन्तिमतिर प्रेरणा उमावि र एसओएस हर्मन स्कुलको नाम परेको छ ।                                             
जहाँकी राम्रा ७९ वटा उच्च माविभित्र राजधानी बाहिरका कम विकसित भनिएका वैतडी, जाजरकोट, दार्चुला, बझाङ, बाग्लुङ, डोल्पा, रामेछापलगायतका जिल्लाका कलेजहरुको नाम अग्रपंक्तिमा छ ।

मोफसलका उत्कृष्ट दश प्लस टु कलेजहरुको सूचीमा नम्बर ७ मा चितवनको अर्किड साइन्स कलेज परेको छ । मोफसलका सर्वोत्कृष्टहरुको क्रम सूचीमा क्रमशः गण्डकी आवासीय उच्च मावि पोखरा, एसओएस पोखरा, नेपाल प्रहरी काभे्र, गोरखा पब्लिक दाङ, सगरमाथा उच्च मावि पोखरा, अरनिको आवसीय उच्च मावि विराटनगर उत्कृष्ट ठहरिएका छन् ।                                                             
नम्बर सातमा अर्किड कलेज परेको छ भने आठमा मेरिल्याण्ड विराटनगर, विजनेश एण्ड सोसल स्टडिज विराटनगर र गोकुलेश्वर उच्च मावि दार्चुला रहेका हिमाल खवर पत्रिकाको सर्वेक्षणमा उल्लेख छ ।


Free business joomla templates