You are here: HomeNewsNews Of Chitwan Pariwarचितवनमा रगत अभाव
Error
  • Error loading feed data
भरतपुर । चितवनका अस्पतालहरुमा रगत अभाव भएको छ । भरतपुर अस्पताल, क्यान्सर अस्पताल, भरतपुर मेडिकल कलेज शिक्षण अस्पताल, चितवन मेडिकल कलेजलगायतका अस्पतालमा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले जनाएको छ ।

बिरामीको संख्या दिनहुँ बढेपछि रगतको माग बढेको अस्पतालहरुले जनाएका छन् । रगतको अभाव भएपछि रक्तदान कार्यक्रम गर्न विभिन्न संघसंस्थाहरुसँग आग्रह गरिएको छ । रेडक्रस चितवन शाखाका सभापति हरिप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी सम्पूर्णसँग रक्तदान कार्यक्रमको आयोजना गर्न अपिल गर्नुभएको छ ।

Free business joomla templates