You are here: HomeNewsNews Of Chitwan Pariwarसुन्दर नगरी बनाउन सुरू
Error
  • Error loading feed data

सौराहा । सौराहाका होटल व्यवसायी तथा स्थानीयहरुले सौराहालाई सुन्दर नगरी बनाउन सुरू गरेका छन् ।

सौराहाको प्रमुख बजार क्षेत्रको सडकको विस्तार र सडक वरपर वृक्षरोपण गरी हरियालीसहितको सुन्दर नगरी बनाउन सुरू गरिएको होटल व्यवसायी तथा सौराहा गुरूयोजना निर्माण समितिका सचिव राममणि खनालले जानकारी दिनुभयो ।



अहिले मुख्य बजार क्षेत्रको १२ सय ५० मिटर सडकको विस्तार, ढल निर्माण, सडक पेटी निर्माणको काम भइरहेको छ । यो काम सकिएपछि सडक छेउछाउमा वृक्षरोपण गरिने खनालले बताउनुभयो ।

स्थानीय उपभोक्ताको १० लाख र व्यवसायी तथा विभिन्न संघ संस्थाका ६ लाख गरी १६ लाखको लागतमा सो काम सुरू गरिएको हो । भनिएका कामहरु पूरा भए सौराहाको मुहार फरिने उहाँले दावी गर्नुभयो ।

 

 

Free business joomla templates