You are here: HomeNewsNews Of Chitwan Pariwarसांस्कृतिक महोत्सवमा दर्शक बढ्दै
Error
  • Error loading feed data

नारायणगढ । ताइपाइ सांस्कृतिक महोत्सव २०७० अन्तर्गत दोस्रो दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।

नारायणी कला मन्दिरको स्वर्णजयन्तीको अवसरमा संचालित सांस्कृतिक महोत्सव नारायणगढको क्याम्पाचौरमा सुरू भएको हो । नारायणी कला मन्दिर नारायणगढले आफ्नो स्वर्णजयन्तीको अवसरमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दर्शकको संख्या बढ्दै गएको आयोजकले बताएका छन् ।

महोत्सवमा १५० भन्दा बढी स्टल रहेका तथा महोत्सवको १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ३ करोड रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव सञ्चालक समितिका संयोजक जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर विभिन्न जातजाति, संस्कृतीको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, लोकसंस्कृति, रहनसहन, भेषभुषा प्रदर्शनी, सामाजिक सांस्कृतिक, सद्भाव र राष्ट्रियताको भावना जागृत गराउने विविध कार्यक्रमसहित बाल उद्यान प्रमुख आकर्षणको रुपमा रहको आयोजकले जनाएको छ । महोत्सवलाई दसैँ मेलाका रुपमा समेत आयोजना गरिएकोले विभिन्न किसिमका उपभोग्य वस्तु, लत्ता कपडालगायतका स्टलहरु रहेका छन् । महोत्सवको अवलोकनका लागि टिकट दर २० रुपैयाँ कायम गरिएको छ । महोत्सव असोज २३ गतेसम्म चल्नेछ ।

Free business joomla templates