You are here: HomeNewsNews Of Chitwan Pariwarशैक्षिक क्षेत्रमा बजेट विनियोजन
Error
  • Error loading feed data

भरतपुर । चितवनको शैक्षिक विकासका लागि चालु आर्थिक वर्षमा १ अर्ब ८ करोड ५१ लाख ८८ हजार ९ सय ८५ बजेट विनियाजन भएकोे छ ।

 

जिल्ला शिक्षा कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । विनियोजित रकममध्ये सबैभन्दा बढी शिक्षकको तलब भत्तामा छ । २ हजार ८ सय ११
शिक्षक रहेका चितवनमा शिक्षकको तलव भत्ताका लागि ७५ करोड १६ लाख रुपैयाँ विनियोजित भएको छ ।

शिक्षा कायालयले विद्यालय सुधारअन्र्तगत २९ करोड ३ लाख रुपैयाँ खर्च गर्दैछ शिक्षा कार्यालयका कर्मचारीको तलब भत्तामा ८१ लाख ५ हजार ८ सय रुपैयाँ खर्च हुनेछ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रामकुमार श्रेष्ठले वार्षिक कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बोल्नुभएको थियो ।

Free business joomla templates