You are here: HomeNewsNews Of Chitwan Pariwarजनताकै चाहनाअनुरूप काम’
Error
  • Error loading feed data

भरतपुर । चितवनबाट निर्वाचित भएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुले जनचाहनाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘अब बन्ने सरकार यसको अवसर र चुनौतीको’ विषयमा सिनर्जी एफएमले गरेको कार्यक्रम जनबहसमा बोल्दै निर्वाचित उम्मेदवारले सरकार गठनदेखि नै जनचाहनालाई ध्यान दिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र २ मा उम्मेदवार बनेका निर्वाचित शेषनाथ अधिकारीले कांग्रेसले आफूले बोलेका कुरा पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतका गल्तीबाट पाठ सिकेर १ वर्षभित्र संविधान जारी गरी महिला जनजाति उपेक्षित वर्गका साथै युवाका मुद्धालाई मुख्य प्राथमिकता दिने बताउनुभयो ।
यस्तै अर्का अतिथि एमालेका तर्फबाट क्षेत्र ३ मा उम्मेदवार कृष्णभक्त पोख्रेलले सरकार गठनमा एमाओवादीलाई समेत समेटेर लैजानुपर्ने बताउनुभयो । माओवादीका एजेण्डालाई पनि समेटेर आफूहरु सहमतीय रूपबाट अगाडि बढ्ने उहाँको भनाइ थियो ।
यस्तै अर्का अतिथि एनेकपा माओवादीका बुद्धिजीवी प्रेम रिमालले माओवादीले पं्राप्त परिणामलाई स्वीकार गर्दै सहयोगी प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोल्ने सहभागीहरुले निर्वाचन सकिएसँगै बहिष्कारका कुरा आउनु दुःखको कुरा भएको बताएका थिए ।
उनीहरुले अबको सरकारको स्वरूप र काम गर्ने शैलीलाई जनताको चाहनाअनुरूप गर्नुपर्नेमा जोड दिए । महिला दलित, जनजाति, पिछडिएका मुद्धालाई पनि समेटेर लैजान उनीहरुले सुझाव दिए ।

Free business joomla templates