You are here: HomeNewsNews Of Chitwan Pariwarचितवनमा पहिलो ‘खिचरा महोत्सव’
Error
  • Error loading feed data

भरतपुर । चितवनमा पहिलो पटक थारु जातिको महान् चाड माघीको अवसरमा बुधबारदेखि ‘खिचरा महोत्सव’ सुरू भएको छ ।

चितवनमा पहिलो ‘खिचरा महोत्सव’

दुई दिनसम्म खैरहनी–५ सुल्ताना चौरमा महोत्सव सुरू भएको हो । महोत्सवको पुनरावेदन अदालत बागलुङका माननीय न्यायाधीश नन्दलाल महतोले उद्घाटन गर्नुभयो । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा हुन लागेको महोत्सवमा थारु जातिको खानाको परिकारसहितको आधा दर्जन स्टलहरु रहेका छन् ।

स्टलहरुमा थारु जातिको परिकारमध्ये माघी पर्वमा खाइने चिचर, माछा, घोङगी, ग्वागालगायत रहेका छन् । खानाको परिकारमा दर्शकहरु झुम्मिएका थिए । महोत्सवमा झाम्टा नाच, डम्फु नाच, लाठी नाच, झुमरी नाच, रजधारी नाचलगायतका नाचहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा चर्चित लोकगायक मिलन लामा, मनोज महतो, हास्यकलाकार कमल मैनालीले आफ्नो प्रस्तुती देखाएका थिए ।

थारु संस्कृतिको जगेर्नाको लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक एवं क्षेत्रीय अध्यक्ष नारायण महतोले जानकारी दिनुभयो ।

महोत्सव उद्घाटन हुनुपूर्व पर्सा बजारबाट झाँकीसहितको ¥याली महोत्सवस्थलमा पुगेको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष भजुमानराम महतो, केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरी, थारु कल्याणकारिणी सभा चितवनका पूर्वसभापति टिकेन्द्र चौधरी, खैरहनी गाविसका सचिव गुरूप्रसाद मैनाली, पर्सा साना सहरी खानेपानीका अध्यक्ष शेरमान तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रम महोत्सव मुल समितिका संयोजक नारायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Free business joomla templates