You are here: HomeNewsNews Of Chitwan Pariwarभूकम्पीय जोखिमबारे सतर्कता
Error
  • Error loading feed data

नेपाल भूकम्पीय जोखिममा अग्रस्थानमा रहेको छ ।

नेपालको इतिहासमा ठूला–ठूला विनाशकारी भूकम्प गएका छन् । नेपालमा वि.सं. १९९० सालमा गएको विनाशकारी भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प दिवस मनाइँदै आइएको छ । यस वर्ष पनि देशभर भूकम्पको जोखिमबारे सतर्कता अपनाउँदै १६औँ भूकम्प दिवस मनाइएको छ । ‘नसोधी नबोली आउँछ भूकम्पीय विपद्, जागौँ जुटौँ बचाउन सृष्टिको सम्पदा’ भन्ने नारासहित भूकम्पीय क्षति न्यूनीकरणसम्बन्धी नागरिकहरुमा जनचेतना, भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिँदै विभिन्न विचार गोष्ठी, ¥यालीलगायतका कार्यक्रम सम्पन्न भएका छन् । भूकम्प विभिन्न प्राकृतिक प्रकोपमध्ये अत्यन्त शक्तिशाली, डरलाग्दो एवम् विनाशकारी दुर्घटना हो । भौगर्भिक उथुलपुथलका कारण पृथ्वीको धरातलमा कम्पन हुने या थर्कने प्रक्रिया नै भूकम्प हो । यसको पूर्वानुमानबारे अध्ययन जारी भए पनि वैज्ञानिक युगको पछिल्लो कालखण्डमा पनि भूकम्पीय जोखिम चुनौतीका रुपमा रहँदै आएको छ ।
नेपालमा वि.सं. १९९० साल माघ २ गते ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो प्रकोपबाट ८ हजार ५१९ जनाको मृत्यु हुनुका साथै २ लाख ७ हजार ७४० वटा भौतिक संरचना भत्किएका थिए । यसैगरी, २०४५ सालमा पनि ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा ७२१ जनाको मृत्यु हुनुका साथै ६५ हजार घर भत्किएका थिए । यस्तै, दुई वर्षअघि ६.८ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । लाखौँको भौतिक क्षति भएको थियो । ताप्लेजुङ र भारतको सिक्किमको केन्द्रबिन्दु भएर आएको सो भूकम्प नब्बे सालपछिको ठूलो मानिन्छ । भूकम्पविद्हरुका अनुसार भौगर्भिक हलचल, चट्टान तन्किने तथा खुम्चिने प्रक्रिया र कृत्रिम वस्तुको विस्फोटनका कारण भूकम्प जाने गर्छ ।
भूकम्प आउँदा आवश्यक पर्ने सुरक्षात्मक उपायबारे पूर्वतयारी, घरभित्रको सामानको उचित व्यवस्थापन, आपतकालीन सामग्रीको जोहो र पूर्वयोजनाहरु अवलम्बन गरी क्षति न्यूनीकरण गर्न सकिन्छ । भूकम्प आइरहेका बेलामा जहाँ रहे पनि सुरक्षित स्थानमा होसियारपूर्वक रहने र वैकल्पिक सञ्चारको व्यवस्था गर्नुपर्दछ । काठमाडौँ उपत्यकामा अव्यवस्थित रुपमा निर्माण भएका घरहरु बढी जोखिमपूर्ण देखिएका छन् । राजधानीका अस्पतालहरु समेत भूकम्पीय दृष्टिबाट जोखिमपूर्ण रहेको भूकम्पविज्ञहरुले जनाएका छन् । भूकम्पको समयमा उपत्यकाका वीर अस्पताल, त्रिविवि शिक्षण अस्पताललगायत १४ वटा अस्पतालका भवनहरु जोखिमपूर्ण छन् । निर्माणसम्बन्धी काम सुरू गर्दादेखि नै भूकम्प प्रतिरोधात्मक प्रक्रिया अपनाउने हो भने भूकम्पको जोखिम न्यूनीकरण गर्न सकिन्छ । सरकारले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि अनुगमन तथा कडाइका साथ भवन निर्माण आचारसंहिता लागू गराउनु जरूरी देखिएको छ ।

Free business joomla templates