You are here: HomeNewsNews Of Chitwan Pariwarमधुमेहबाट बच्न नियन्त्रित खाना उत्तम उपाय हो’
Error
  • Error loading feed data

अंगे्रजी शब्द डाइबिटिजलाई नेपालीमा मधुमेह भनिन्छ ।

आममानिसमा चिनीरोगले यसलाई चिनिन्छ । यस मधुमेह रोग अहिले नेपालीहरुमा पनि प्रशस्त पाइन्छ । चिकित्सकहरु भन्छन्, ‘अनियन्त्रित खानपिन, रहनसहन, विलासी जीवनले आममानिसमा यो रोग सजिलै प्रवेश गरेको पाइन्छ ।’

 

 

सहरीकरण, व्यस्तता, मानसिक तनाव र व्यायाम तथा कसरतमा कमीजस्ता बहुकारणहरुले गर्दा मधुमेह रोग फैलिँदो अवस्थामा छ । आजभन्दा भोलि यो रोग आममानिसमा बढ्दो क्रममा देखिन्छ । यो रोग स्वास्थ्य क्षेत्रका लागि झनै चुनौतीपूर्ण मानिएको छ ।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरु जस्तै मधुमेह दिवस पनि मनाइँदै आइएको छ । नोभेम्वर १४ अर्थात् आजकै दिन यो दिवस मनाइँदैछ । चितवन जिल्लामा रही मधुमेह उपचारमा नाम कमाउन सफल वरिष्ठ फिजिसियन, उच्च रक्तचाप, मधुमेह तथा मृगौला रोग विशेषज्ञ डा. भोजराज अधिकारीसँग मधुमेह दिवसका अवसरमा यस रोगको अवस्था र कसरी यसबाट बच्ने भन्नेबारेमा चितवन पोष्ट संवाददाता दीपेन्द्र अधिकारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ः

–मधुमेह भनेको के हो ?
शरीरले रगतमा भएको ग्लुकोजलाई राम्ररी प्रयोग गर्न सक्दैन, रगतमा ग्लुकोजको मात्रा बढेर जान्छ । यी अवस्थालाई मधुमेह (डाइबिटिज) भनेर भनिन्छ । शरीरमा इन्सुलिन नामक हर्मोनको मात्रामा कमी भयो वा यसको काम गर्ने क्षमतामा कमी आयो भने मधुमेह हुन्छ ।
–मधुमेह पल्काउने खानपिन के–के हुन् ?
पाउरोटी, भात, आलु, रोटी, तरूलजस्ता कार्बोहाइडे«ट धेरै भएका खानाहरु तथा चिनी र अन्य गुलिया खानेकुराहरु पचाउँदा हाम्रो शरीरमा ग्लुकोज उत्पादन हुन्छ, यसले मधुमेह गराउँछ । मधुमेहबाट बच्न नियन्त्रित खाना उत्तम उपाय हो । कार्बोहाइड्रेटयुक्त खाना र बोसो वा चिल्लो पदार्थ कम खानुपर्छ । चुरोट, बिँडी, तमाखु, सुर्ती, खैनीजस्ता लागूपदार्थ सेवन गरे मधुमेहसँग सम्बन्धित अन्य रोगहरु बल्झिन्छ ।
–मधुमेह भएकाले के–के खान हुन्छ ?
सलाद, उमालेका तरकारी तथा सागपातहरु, चिनी नहालेको चिया, कफी र घरमै बनेका तरकारीका सुपहरु खानुपर्दछ ।
–मधुमेहका लक्षणहरु के–के हुन् ?
धेरै तिर्खा लाग्नु, पिसाब छिनछिनमा लाग्नु, शरीर एकदमै थाक्नु, तौल घट्नु, आँखा कमजोर हुनु, शरीर चिलाउनु आदि हुन् ।
–मधुमेह पनि धेरै किसिमका हुन्छन् नि ?
हो, मधुमेह खासगरी दुई प्रकारको हुन्छ । टाइप वान र टाइप टु भनिन्छ । टाइप वान भनेको इन्सुलिनमा भर पर्ने मधुमेह हो । शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि यो रोग लाग्छ । यो रोग ३० वर्ष नपुग्दै देखा पर्छ । यसको उपचार विकल्प भनेको इन्सुलिन सुईको प्रयोग र उचित खानपिन नै हो । नियमित व्यायाम अर्को उत्तम उपचार विधि हो ।
त्यस्तै टाइप टुलाई इन्सुलिनमा भर नपर्ने खालको मधुमेह भनिन्छ । यस मधुमेहमा प्यान्क्रियाजले इन्सुलिनको उत्पादन गरे पनि त्यो शरीरका लागि चाहिने मात्रामा हुँदैन । प्यान्क्रियाजले उत्पादन गरेको इन्सुलिनले राम्ररी काम गरेन भने यो रोग लाग्न सक्छ । यस्तो मधुमेह ४० उमेर कटेकालाई लाग्छ । यसको उपचार भनेको पनि नियमित व्यायाम र उचित खानपान नै हो । कहिलेकाहीँ औषधि वा इन्सुलिनको प्रयोग गर्नुपर्ने हुन्छ ।
–यो रोग कस्ता व्यक्तिलाई लाग्ने सम्भावना बढी हुन्छ ?
विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएको व्यक्ति, कम व्यायाम गर्ने व्यक्ति, वंशानुगत रुपमा, मानसिक तनाव लिने, धूमपान गर्ने आदि व्यक्तिमा यो रोग लाग्ने सम्भावना हुन्छ ।
–यस रोगबाट बच्न के गर्ने ?
डाक्टरको सल्लाहबमोजिम नियमित व्यायाम, खाली पेटमा व्यायाम नगर्ने, व्यायाम पहिले, बीचबीचमा र पछि पनि पानी पिउनु उत्तम हुन्छ ।
–खानपिनमा नियन्त्रण र मधुमेहको उपचार नगरेमा के–के हुन्छ ?
डाइबिटिज किटो एसिडोसिसजस्तो खतरनाक समस्या देखिन्छ । रगतमा अत्यधिक ग्लुकोज वृद्धि र केरोनमा खानेकुराहरु पचाउने एसिडमा ह्रासजस्ता समस्या देखा पर्छ । स्नायुसम्बन्धी समस्या देखा पर्छ । आखाँसम्बन्धी, मृगौलासम्बन्धी, मुटुसम्बन्धी समस्याहरु देखा पर्छ, जुन समस्या निकै खतरनाक हुन् । त्यस्तै, शरीरमा विभिन्न खाले संक्रमण देखा पर्छ ।

Free business joomla templates